नेपाल प्रहरीको असईमा जागिर खुल्यो, न्यूनतम योग्यता के–के चाहिन्छ ? (सूचनासहित)

नेपाली रोजगार
  • 23
    Shares

काठमाडौं ।

नेपाल प्रहरीको असईमा जागिर खुलेको छ । नेपाल प्रहरीले झन्डै छ सय संख्यामा प्रहरी माग गरेको छ। जनपद समूहतर्फ प्रहरी सहायक निरीक्षक र प्राविधिक समूहअन्तर्गत विभिन्न उपसमूहतर्फ प्राविधिक प्रहरी जवान पदहरूमा जागिर खुलेको हो।

प्रसनिका लागि ३६७ जना माग भएको छ भने प्राविधिक प्रहरी जवानतर्फ २२८ जनाको माग भएको छ। इच्छुकहरूलाई आवेदन दिन प्रहरी प्रधान कार्यालयले आग्रह गरेको छ।

कात्तिक ३ गतेदेखि मंसिर १२ गतेभित्र आवदेन दिइसक्नुपर्नेछ। प्रसनिका लागि तीन सय र प्रहरी जवानलाई एक सय ५० दस्तुर लाग्नेछ।**सनिका लागि प्लस टु गरेको र १८ वर्ष पूरा भएर २४ वर्ष ननाघेको हुनुपर्नेछ।

साथै प्रहरी जवानलाई एसएलसी गरेको र १८ वर्ष पूरा भई २३ वर्ष ननाघेको हुनुपर्नेछ। नेपाल प्रहरी नेपालको गैर–सैनिक प्रहरी सेवा हो ।

यसको औपचारिक स्थापना २०१२ सालको ‘प्रहरी ऐन’ जारी भएपछि असोज महिनामा भएको हो । शान्ति – सुरक्षाको काममा प्रहरीलाई व्यवस्थित रूपमा परिचालन गर्ने काम सन् १९१४ देखि शुरू भएको थियो ।

Leave a Reply

Your email address will not be published.