२० हजार ३५६ जना शिक्षकको बिज्ञापन, कसरी दिने आवेदन ?

नेपाली रोजगार
  • 21
    Shares

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आगामी चैत मसान्तसम्म रिक्त हुने शिक्षकको तथ्यांक निकालेको छ । तथ्यांकमा उल्लेख गरिएअनुरुप सो अवधिसम्ममा २० हजार तीन सय ५६ जना शिक्षकको दरबन्दी रिक्त हुने भएको छ ।

केन्द्रका अनुसार खुला र आन्तरिक प्रतिस्पर्धा तथा बढुवाबाट पदपूर्ति गर्नेगरी २० हजार तीन सय ५६ शिक्षकको दरबन्दी रिक्त हुन लागेको हो ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

लामो समयदेखि शिक्षक सेवा आयोग पदाधिकारीविहिन हुँदा स्थायी शिक्षक पदपूर्तिका लागि विज्ञापन खुल्न सकेको थिएन ।आन्तरिक प्रतिस्पर्धा तथा बढुवा हुन नसक्दा एकैपटक ठूलो संख्यामा शिक्षकको दरबन्दी रिक्त भएको हो ।

आयोगले पदाधिकारी पाएपछि केन्द्रले शिक्षक सेवा आयोगलाई रिक्त हुने जिल्लागत दरबन्दी विवरण पठाएको छ । केन्द्रले असोज एक गते नै आयोगलाई रिक्त हुने शिक्षकको विज्ञापनका लागि दरबन्दी विवरण पठाइसकेको विभागका सूचना अधिकारी समेत रहेका निर्देशक माधव दाहालले जानकारी दिए****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

उनका अनुसार शिक्षकको खुला विज्ञापन र आन्तरिक प्रतिस्पर्धा तथा बढुवाबाट पदपूर्ति गर्नका लागि २०७८ चैत मसान्तसम्म रिक्त हुने शिक्षकको जिल्ला, विषय एवम् तहगत विवरण केन्द्रको निर्णय अनुसार अयोगलाई पठाएको हो ।

शिक्षक सेवा आयोगले विज्ञापन गर्नुपूर्व केन्द्रमा प्राप्त हुने संशोधित विवरण समेत समेत समावेश गरी विज्ञापन गर्ने व्यवस्था मिलाउन केन्द्रले आयोगलाई अनुरोध गरिसकेको केन्द्रका निर्देशक दाहालले बताए ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

प्राथमिक तहमा १२ हजारभन्दा बढी शिक्षक दरबन्दी रिक्त हुँदै९खुलातर्फ प्राथमिक तहमा १२ हजार नौ सय १२ दरबन्दी रिक्त छ । निम्नमाध्यामिक तहमा रिक्त हुने दुई हजार पाँच सय ९३ दरबन्दीमध्ये नेपाली चार सय ३६, अंग्रेजी छ सय २२, सामाजिक तीन सय ५२, गणित तीन सय ७०, विज्ञान चार सय ४० र ऐच्छिक प्रथममा नौ शिक्षकको पद रिक्त हुँदैछ । निम्नमाध्यामिक तहको ऐच्छिक द्वितीय विषयमा भने एउटा पनि दरबन्दी रिक्त हुनेछैन ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

माध्यामिक तहमा एक हजार पाँच सय ४२ रिक्त हुनेमा नेपाली दुई सय ३०, अंग्रेजी तीन सय १३, सामाजिक दुई सय एक, गणित दुई सय ८८, विज्ञान चार सय ३३, ऐच्छिक प्रथम १८ र ऐच्छिक द्वितीयमा ५९ शिक्षक दरबन्दी छ ।
आन्तरिक तथा बढुवातर्फ पनि प्राथमिक तहमै बढी रिक्त९आन्तरिक प्रतिस्पर्धा तथा बढुवातर्फ प्राथमिक तहको प्रथम श्रेणीमा चार सय ५२ र द्वितीय श्रेणीमा एक हजार ६ सय ९३ गरी दुई हजार एक सय ४५ शिक्षक दरबन्दी रिक्त हुँदैछ*

Leave a Reply

Your email address will not be published.