जापानमा ज्वालामुखी विष्फोट हुँदा २ दर्जन ‘भुताहा जहाज’ बाहिर निस्किए

बिदेशका कुरा
  • 1
    Share

काठमाडौं।

जापानको राजधानी टोक्यो नजिकै प्रशान्त महासागरमा ज्यालामुखी विष्फोट हुँदा २ दर्जन भुताहा जहाज बाहिर निस्किएका छन् ।

जापानको अल निप्पो न्यूजले हेलिकप्टर फुटेजमा यी जहाजहरु देखाएको छ । हेलिकप्टर भूकम्पीय गतिविधि र ज्वालामुखी विष्फोटपछि यो समुद्री षेत्रको समाचारको लागि फोटो लिइरहेको थियो र भिडियो फुटेज बनाइरहेको थियो । यी भुताहा जहाज दोस्रो वि,श्वयु,द्धकालका हुन् ।

टोक्योबाट १२०० किलोमिटर दक्षिण प्रशान्त महासागरमा रहेको इयो जिमा द्विपनजिकै दोस्रो वि,श्वयु,द्धका २४ युद्धपोत देखिएका छन् । यी समुद्रभित्र डुबेका थिए । तर, फुकुतोकु ओकानोबा ज्वालामुखी विष्फोट र भूकम्पका कारण यी जहाजहरु बाहिर निस्किएका हुन् । यीमध्ये कैयौं जहाज द्विपको तटनजिकै बग्दै आएका थिए ।

दोस्रो वि,श्वयु,द्धमा यो स्थानमा भएको यु,,द्धलाई ब्याटल अफ इयो जिमा भनिन्छ । १९४५ मा भएको भयानक युद्धमा अमेरिकी सेनाले यहाँ कैयौं जहाज डुबाइदिएको थियो । यहाँ ७० हजार अमेरिकी म,रिनले २० हजार जापानी सैनिकसँग यु,द्ध गरेका थिए ।

यो यु,द्धको अन्त्यसम्म २० हजार अमेरिकी म,रिन घाइते भएका थिए । करिब ७ हजार मरिन मा,रिएका थिए । जापानी सैनिकमध्ये केवल २१६ जना सैनिक मात्र बचेका थिए ।

अहिले पानीबाट बाहिर निस्किएका जहाजहरुमध्ये धेरैजसो ढुवानी गर्ने जहाज छन् । यी जहाजलाई पहिले अमेरिकी नौसेनाले जफत गरेको थियो । अमेरिकी नेशनल आर्काइभका अनुसार पछि अमेरिकी सैनिकले यी जहाजलाई ब,म पड्काएर डुबाइदिएका थिए ।

इयो जिमामा कुनै बन्दरगाह थिएन त्यसैले जहाज द्विपको समानान्तर डुब्दै समुद्रभित्र गएका थिए । यी जहाजबाट समुद्रभित्र भित्तोजस्तो बनेको थियो जसले तीब्र छालहरुबाट द्विपलाई बचाइरहेको थियो ।

Leave a Reply

Your email address will not be published.