भाइटिका : कुन देशमा कति बजे साइत ? (विवरण सहित)
काठमाडौ । अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले नेपाल बाहिरको लागि पनि भाइटिका लगाउने उत्तम साइत तयार पारेको छ । समितिको मङ्गलबार बसेको बैठकले २४ वटा देशमा टीका लगाउने सही समय तय गरेको समितिका अध्यक्ष प्रा.डा. माधवप्रसाद भट्टराईले जानकारी दिए ।
उनका अनुसार धेरै नेपालीको बसोबास रहेको क्षेत्रमा माग बमोजिम टीकाको साइत तयार पारिएको जानकारी दिए ।
अहिले अमेरिकाको लागि त्यहीँको समयसँग मिल्दो पात्रो बनाउने काम समेत चलिरहेको भन्दै विदेशमा बस्नेहरूको लागि पनि भाइटिका अन्यौल नहोस् भनेर त्यहीको ग्रहको दृष्टि अनुसार समय यकिन गरिएको जानकारी दिए ।
समितिका सदस्य सचिव आचार्य सन्तोष वाशिष्ठले अघिल्लो वर्ष विदेशमा समेत टीका लगाउने यकिन समय तय गरिएकोमा यो वर्ष झनै धेरै देशबाट यसको माग भएकोले माग बमोजिम २४ वटा देशमा टीका लगाउने साइत जुराइएको जानकारी दिए ।
आज बसेको बैठकले एउटा विज्ञप्ती मार्फत शुभ साइत सार्वजनिक गरिएको समितिका सदस्य लक्ष्मण पन्थीले जानकारी दिए ।
