शिद्धार्थ शुक्लाको यादमा शहनाज गिलले गाएको यो गीत युट्युवको ‘ट्रेन्डिङ १’मा (भिडियो हेर्नुस्)

फोटो / भिडियो

एजेन्सी ।

आफ्ना प्रिय साथी शिद्धार्थ शुक्लालाई गुमाउनुपर्दा नायीका तथा मोडल शहनाज गिल निकै दुखी छन् । उनीहरुको मित्रता बिग बोस सिजन १३ मा भएको थियो ।

तर अचानक शिद्धार्थ शुक्लाको असामयिक निधनपछि उनलाई समर्पित गर्दै ुतु यहीँ हैु बोलको गीतको भिडिओ सार्वजनिक गरेकी छन्। राज रन्जोधको शब्द तथा संगीतमा बनेको यो गीतको भिडिओ निर्देशन बल देवले गरेका हुन्।

गत सेप्टेम्बरमा हृदयघातबाट सिद्धार्थको निधन भएको थियो। रियालिटी सो ‘बिग बोस सिजन १३’ का विजेता सिद्धार्थ र शहनाज गिल सोमा सँगै सहभागी भएका थिए।

शुक्रबार सार्वजनिक गीतमा बिग बोसमा शहनाजले सिद्धार्थसँग बिताएका क्षणहरुको फुटेजसमेत प्रयोग गरिएको छ। बिग बोसमा यी दुईबीचको केमेस्ट्रीलाई दर्शकले निकै रुचाएका थिए। यो गीतले पनि दर्शकबाट धेरै माया पाइरहेको छ।

प्रेम सम्बन्धमा रहेको यो जोडीले बिहे गर्ने तयारी गरिरहेको खबरसमेत प्रकाशित भएका थिए। प्रेमीको मृत्युपछि आहत भएकी शहनाजले सिद्धार्थलाई सम्झेर तयार पारेको यो भावनात्मक गीत हो। गीतले यो जोडिका प्रशंसकहरुलाई समेत भावुक बनाएको भन्दै भिडि‌योमा प्रतिक्रिया दिएका छन्।

भिडिओ सार्वजनिक भएको केही घन्टामै म्युजिक भिडिओले लाखौंको ध्यान खिच्न सफल रह्यो। गीत छोटो समयमै युट्युब ट्रेन्डि‌ङको शीर्षस्थानमा पुगेको हो।
गीत शहनाजले आफ्नो युट्युब च्यानलबाट सार्वजनिक गरेकी हुन्।

Leave a Reply

Your email address will not be published.